अर्थ/वाणिज्य

महेन्द्रनगरको मेगा सहकारीद्वारा वाढीपीडितलाई आर्थिक सहयोग

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको एक सहकारी संस्थाले भोटेकोशी,त्रिशुलीको वाढीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वाढीपीडितका लागि आर्थिक सहयोग गरेको हो ।

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शुशिल सेटीले विपद्का लागि सहकारीबाट सक्दो आर्थिक सहयोग राहत सहयोग गरेको बताए । उनका अनुसार एक लाख, एक हजार १सय ११रुपैया आर्थिक सहयोग गरिएको छ । उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रकम जम्मा गरिएको छ । उक्त सहकारीले समेत विभिन्न संकटमा बेला आर्थिक, भौतिक सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस