अन्तरवार्ता/विचार

जन्म दिनको अवसर मा पत्रकार पन्त द्वारा शैक्षिक सामग्री वितरण

बैतडी - बैतडीको एक बिद्यालयका विद्यार्थीहरु लाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ सुकाबैना स्थित श्री सुकाबैना आधारभुत विद्यालयमा अध्यानरत सबै विद्यार्थीहरु लाई पत्रकार पन्तले जन्म दिनको अवसर पारि एक कार्यक्रमका बीच बिद्यालयमा अध्ययनरत उत्कृष्ट तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताए ।

विद्यार्थीहरु लाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थी हरुलाई केही राहत होस भन्ने हेतुले सुकाबैना आधारभुत विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ३ सम्मका उत्कृष्ट र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयका शिक्षिका निर्मला अवस्थीले बताए ।

पछिल्लो समय जन्म दिनको नाममा भड्किलो परम्परा संगै विदेशी संस्कृति बढिरहेकाले यसलाई भड्किलो नबनाई सामाजिक सास्कृतिक र परम्परागत रुपमा अघि सार्नु पर्ने सन्देश दिन आफुले जन्म दिन विद्यार्थी संग बिद्यालय मा मनाएको पत्रकार पन्तको भनाइ रहेको छ । विद्यालयमा स्वयम् उपस्थित हुँदै जन्म दिन मनाएका पन्तलाई शुभकामना संगै धन्यवाद दिदै विद्यालय परिवारले विद्यार्थीहरुलाई हौसला र शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न अभिभावक बाट यस्ता क्रियाकलाप गर्नु पर्नेमा विद्यालय व्यवस्थापनका अध्यक्ष गोपाल सिँह भाटले जोड दिए ।

प्रत्येक वर्ष विद्यार्थी संगै जन्म दिन मनाउदै आएका पन्तले यसअघिका वर्षमा पाटन नगरपालिका वडा नम्बर ३ स्थित शिगास आधारभुत विद्यालय गुङडा, गुजर माद्यामिक गुजर , सिगास माद्यामिक विद्यालय गौरी शंकर पोखरी लगायत जिल्लाका विभिन्न बिद्यालयका विद्यार्थीहरुलाई केही नगद रकम सहित शैक्षिक सामग्री वितरण गरेको थियो । २०७३ साल सम्म विद्यार्थी राजनीतिमा सक्रिय पन्त अहिले सामाजिक कार्य संगै विगत लामो समय देखि  पत्रकारिता गरिरहेका छन । उहाँ रेडियो निङ्गलाशैनी बैतडीमा कार्यरत संगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका बैतडी संवाददाता समेत हुन ।

 

प्रतिकृया दिनुहोस