Slider
वीर बहादुर बुढा (माईलो) मेमोरियल क्रिकेट कपमा विवाद , फाइनल पुगेको टिम खेल नखेली बाहिरियो
कञ्चनपुर।कञ्चनपुरको बेलडाडीमा जारी वीर बहादुर बुढा (माईलो) मेमोरियल क्रिकेट कपको फाइनल खेलमा विवाद उत्पन्न हुँदा फाइनल पुगेको टिम प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल विजेता बन्दै फाइनल पुगेको केदार कैलपाल अटो वर्कसपको टिमले दुई नाम गरेका एकै खेलाडीलाई खेल खेलाएको भन्दै आयोजक टिमको प्रोटेसका अनुसार प्रतियोगिताबाट केदार कैलपाल अटो वर्कसपको टिम बाहिरिएको हो ।
प्रतियोगितामा सहभागी केदार कैपाल अटो वर्कसपको टिमले खेलाडी नामावलीमा एक खेलाडीलाई दुई नाम दिई खेलाएको फेला परेको थियो । पहिलो सेमिफाइनल खेलमा टिम आयोजक केदार कैलपाल अटो वर्कसप सङ्ग १५ रनले पराजित भएको थियो ।
विजेता केदार कैलपाल अटो वर्कसप टिमको खेलाडी नामावलीमा जनक थापा र रणवीर पुजारा नाम रहेको छ । आयोजक टिमले दुवै अलग खेलाडी रहेको दाबी गरिरहेको छ । दुवै खेलाडी छुट्टै हुँदा प्रतियोगिताको नियम विपरीत १६ जना खेलाडी समावेश गर्नु पर्नेमा १७ खेलाडी समावेश गरेको हुँदा पराजित टिम आयोजकको प्रोटेस अनुसार टिम बाहिरिएको प्रतियोगिताका संयोजक ललित बुढाले बताए ।
यता केदार कैलपाल अटो वर्कसप टिम कप्तान विमल विष्टले दुई नाम गरेको खेलाडी एउटै रहेको दाबी गरिरहेका छन् । नाम फरक भएता पनि खेलाडी एउटै रहेको आवश्यक प्रमाण दिन सकिने कप्तान विष्टले बताए ।
आयोजकले आफ्नो टिम पराजित पछि उपाधि हात पार्न नियोजित विवाद उत्पन्न गराएको केदार कैलपाल अटो वर्कसप टिमले बताएको छ ।