Slider

वन तथा वन्यजन्तु संरक्षणका लागि संयुक्त पहल आवश्यक

महेन्द्रनगर । नेपाल र भारतका वन अधिकारी, संरक्षणकर्मी, सुरक्षाकर्मीले सीमा क्षेत्रमा रहेका वन तथा वन्यजन्तु संरक्षणका लागि संयुक्त रुपमा पहल गर्ने बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा डिभिजन वन कार्यालय कञ्चनपुरले आयोजना गरेको वन तथा वन्यजन्तु संरक्षणको लागि नेपाल–भारत र स्थानिय स्तरका वन अधिकारी, संरक्षणकर्मी र सुरक्षाकर्मी लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।अन्तरक्रिया कार्यक्रममा दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एवं सुुरक्षाकर्मीले वन तथा वन्यजन्तुको संंरक्षणका लागि कसरी प्रयास गर्ने तथा तिनका बिरुद्धमा हुने अपराध न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो । वन अधिकारी, संरक्षणकर्मी एवं सुरक्षाकर्मीले सीमा क्षेत्रमा रहेको वन, बन्यजन्तुको सरक्षणका लागि एक आपसमा समन्वय गरेर आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । वन र बन्यजन्तु तस्कर समुहले नेपाल भारत दुवैतर्फ संरक्षणमा चुनौती थपिदिएपछि त्यसको निराकरणका लागि आ–आफ्नो ठाँउबाट सबैले पहल गर्नुपर्नेमा जोड समेत दिएका छन । काठ, वन्यजन्तु र जटिबुटी तस्करले नेपाल भारत सीमावर्ती क्षेत्रका वन तथा वन्यजन्तु संरक्षणमा चुनौती थपिदिएको भन्दै सरक्षण अपरिहार्य रहेको औल्याएका छन् । डिभिजन वनले नेपाल भारतका वन अधिकारीबिच सीमा क्षेत्रको वन तथा वन्यजन्तु संरक्षणका लागि संयुक्त छलफल आयोजना गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भिम प्रसाद कँडेलले भारतसँग जोडिएका क्षेत्रमा वन अपराध न्यूनिकरणका साथै वन तथा वन्यजन्तुको संरक्षणका लागि संयुक्त प्रयास अपरिहार्य रहेको बताए । उत्तराखण्ड हल्द्वानीकी उपप्रभागिय वनाधिकारी ममता चन्दले वन र वन्यजन्तु संरक्षणका लागि दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एवं सुरक्षाकर्मीविच आपसी समन्वय सूुचना आदान प्रदान आवश्यक रहेको बताईन् । सीमा क्षेत्रमा वन अपराध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताईन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्र्टाईले वन्यजन्तुका लागि कुनै सीमा नहुने भएकाले दुवै देशका संरक्षणकर्मीले संरक्षणमा गम्भिर हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले  नेपाल भारतको सिमा क्षेत्रमा रहेको वन तथा वन्यजन्तु संरक्षणका लागि आफुले वन अधिकारी तथा संरक्षणकर्मीहरुलाई सहयोग गर्ने बताए । नेपाल भारत सिमाक्षेत्रमा वन तथा वन्यजन्तु संरक्षणमा कुनै पनि समस्या आउदा पुर्व जानकारी गरेर मात्रै सिमा क्षेत्रमा आफ्नो गतिविधि अगाडी बढाउन भारतीय अधिकारीहरुलाई आग्रह गरे । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले भारतका वञ्जारा समुदाय(कुच्मनिया)हरु नेपाल आएर चोरी सिकारी गर्ने हुँदा उनिहरुलाई भारतमै रोक्न भारतीय अधिकारीहरुलाई आग्रह गरे । 


भारतीय वनजिव संस्थान देहरादुनका बैज्ञानिक डा. नविनचन्द्र जोशीले समेत वन्यजन्तुको बासस्थान जहाँ सुरक्षित हुन्छ, त्यही जाने र उक्त वन्यजन्तुले गतिबिधी गर्दा चुनौतीमा पर्ने भएकाले संरक्षण आवश्यक रहेको बताए ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले नेपाल भारतको वन्यजन्तुको संरक्षणका लागि नेपाल प्रहरीले सक्दो सहयोग गर्ने बताए । सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका प्रमुख एसपी प्रेम बहादुर रावलले सीमा क्षेत्रमा हुने वन र वन्यजन्तु अपराधका गतिबिधी पूर्ण निषेध पारिने बताए । चुरे सञ्जाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले नेपालबाट भारत जाने जटिबुटी रोक्नुपर्ने र त्यसका लागि भारतीय वन विभागको समेत सक्रियता आवश्यक रहेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बिष्टले सीमा क्षेत्रमा हुने वन तथा वन्यजन्तु अपराध रोकथामका लागि अधिकारी, समुदायविच समन्वय तथा सुचना आदान प्रदान आवश्यक रहेको बताए । एनटिएनसी कञ्चनपुरका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कुनै एक ठाउँमा वन्यजन्तुलाई रोक्न खोज्दा उसले अर्को ठाउँमा क्षति पु¥याउने हुँदा वन्यजन्तुको जैविक मार्ग(करिडोर) खालि गर्न र वन्यजन्तुमैत्री बन्न आग्रह गरे । सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द पन्तले वन तथा वन्यजन्तु संरक्षणमा समुदायस्तरबाटै सबैको सहयोग आवश्यक रहेने हुँदा सबै पक्षसँग समन्वय आवश्यक रहेको बताए । सारदा वनक्षेत्रका क्षेत्राधिकारी पुरनचन्द्र जोशीले महाकाली वारिको जंगलको संरक्षण गर्न हामिले महाकाली नदिमा डुङ्गा तरेर आउनुपर्ने समस्या भएकाले आपसि समन्वयमा नेपाली पक्षले संरक्षण गर्न सहयोग गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले छलफलपछि दुवै देशका वन अधिकारी विच वन तथा वन्यजन्तुको संरक्षणका लागि आगामी दिनमा थप समन्वयकारी ढङ्गबाट अघि बढ्ने सहमती भएको बताए । रेन्जर देवेन्द्र चन्दले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक वन अधिकृत अमर सिह धामीले गरेका थिए । कार्यक्रममा नेपाल भारतका वन अधिकारी, संरक्षणकर्मी, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस