स्थानीय खबर
नेकपा कञ्चनपुर क्षेत्र १द्वारा सुप प्रदेशलाई ज्ञापन दोदा नदी नियन्त्रणदेखि कृषि अनुसन्धान केन्द्र स्थापना
कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र १का नेता कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन । मंगलबार एक कार्यक्रमका विच नेकपा क्षेत्र १ले मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाएका हुन । क्षेत्र १कोे बृद्धि विकास निर्माणका विषय अघि सारेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।
नेकपा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले विकासबाट उपेक्षित गरिएको क्षेत्र १को विकासका लागि ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार कटानीकोे उच्च जोखिममा रहेका दोदा नदी नियन्त्रणका लागि योजना दिनुपर्ने, साथै चौधर झर्नाखोला सहितका स–साना खोला नदी नियन्त्रणका लागि समेत ध्यानाकर्षण गराएकोछ ।
बेलडाँडी, बेलौरी, पुर्नवास, लालझाडीमा किसानका लागि शितगृह, पुर्नवासमा कृषि अनुसन्धान केन्द्र निर्माण, बेलडाँडी झिलमिलाफाँटालाई जटिबुटी केन्द्र निर्माण, दुग्ध विकास केन्द्र निर्माण,समग्र सडक, पुल पुलेसा किसानका लागि राहत सहितका माग अघि सारेर प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।
नेकपा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, भक्त बहादुर अधिकारी, पोलिलाल चौधरी, मदन सेन बडायक, जिवनराज थापा सह इन्चार्ज, दिपा चौधरी, बेलडाँडी संयोजक बिर बहादुर बडुवाल, बेलौरी संयोजक लाल बहादुर चौधरी, पुर्नवास ईश्वर बुढा र लालझाडी संयोजक फुलराम चौधरी रहेका थिए । नेकपा कञ्चनपुर १को ज्ञापन पत्र बुझ्दै आवश्यक योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।